दुईवटा रात्रिबस दुर्घटना हुँदा १४ जना घाइते
गौशाला - पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा आज बिहान दुई वटा रात्रिबस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । बिहान करिब ४ बजेको समयमा काठमाडौँबाट विराटनगरका लागि गुडेको ना५ख ७१८९ नम्बरको रात्रिबसले बर्दिबास नगरपालिका–११ मा विपरीत दिशाबाट उखु बोकेर आइरहेको ज१त ७०८९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा सो बसमा सवार ११ जना यात्रु घाइते भएको प्र्रहरी उपरीक्षक जनक भट्टराईले बताए । घाइतेमध्ये काठमाडौँका कुमार श्रेष्ठ र सुनसरीका सुलभ राईको अवस्था चिन्ताजनक रहेकाले दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । यता अन्य नौ जना घाइतेको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल र जनसेवा क्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ । यसैगरी आजै बिहान ५ बजेको समयमा काठमाडौँबाट धरानका लागि गइरहेको ना५ख ९१३५ नम्बरको बस बर्दिबासको सोही स्थानमा सडकबाट तल पल्टिन जाँदा तीन जना यात्रु घाइते भएका र उनीहरुको उपचार पनि बर्दिबासस्थित स्थानीय अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण