इसाई धर्मावलम्बी लक्षित आत्मघाति विस्फोटमा मर्नेको संख्या ७० पुग्यो, तालिवानबाट छुट्टिएको समूहले लियो जिम्मा
सोमबार, १५ चैत २०७२, १० : २९
लाहोर – पाकिस्तानको लाहोर सहरमा अवस्थित एक पार्कमा आइतबार भएको आत्मघाती विस्फोटमा मर्नेको संख्या ७० पुगेको छ । तालिवानबाट छुट्टिएको एक समूह, जमात–उल–अहररले उक्त घटनाको जिम्मेवारी लिँदै ईस्टर मनाइरहेका इसाई धर्मावलम्बीलाई लक्षित गरी उक्त विस्फोट गराएको बताएका छ ।
विस्फोटमा परी मर्नेमा धेरै बालबालिकाहरु रहेका छन् । घटनापछि आमाबुवाहरु आफ्ना छोराछोरीहरुलाई रुँदै खोजिरहेको देख्न सकिन्थ्यो । घटनामा ३ सय भन्दा बढी घाइते भएका छन् भने प्रहरी अधिकारीहरुले मर्नेको संख्या बढ्न सक्ने बताएका छन् । सबै अस्पतालहरुलाई आपत्कालिक स्थितिमा तयार राखिएको छ ।
पाकिस्तानका राष्ट्रपतिले घटनाको भत्सर्ना गरेका छन् भने लाहोरका गर्भनरले तीन दिन शोकको घोषणा गरेका छन् ।
जमात–उल–अहररका प्रवक्ता एहसानुल्लाह एहसानले नवाज सरिफलाई आफूहरु लाहोर पसेको सन्देश दिएको बताउँदै थप कारवाहीको चेतावनी दिएका छन् । यो समूह तेहरिक–ए तालिबान पाकिस्तान नामक संगठनबाट छुट्टिएर बनेको नयाँ समूह हो । पछिल्ला दिनमा यो समूहले प्रहरी र सर्वसाधारणमाथि विभिन्न आक्रमणहरु गरेका छन् । घटनापछि सरिफले बेलायतको भ्रमण रद्द गरेका छन् ।
गुल्सन–ए–इकबाल पार्कमा रहेको बालबालिकाहरुको खेल्ने ठाउँ नजिकै आत्मघाती विस्फोट गराइएको अनुमान गरिएको छ । अधिकारीहरुले बममा बल ब्यारिङ राखिएको बताएका छन् ।
पाकिस्तानमा करिब १.६ प्रतिशत इसाई धर्मावलम्बी रहेका छन् । धेरै इसाईहरु कराचीमा रहे पनि लाहोर र फैसलाबादमा पनि उनीहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
पछिल्लो समय पाकिस्तानमा इसाई धर्मावलम्बीमाथि श्रृंखलाबद्ध आक्रमणहरु भइरहेका छन् । सन् २०१३ मा पेशावरको चर्चमा भएको दुई बम हमलामा ८० जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण