शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंका पाँचतारे होटलमा बाँड्न ल्याइएको डिजेलसहित ट्यांकर पक्राउ

सोमबार, १५ चैत २०७२, १० : ४१
सोमबार, १५ चैत २०७२

काठमाडौं – काठमाडौंका विभिन्न होटलमा बाँड्न कालोबजारी गरी ल्याइएको डिजेलसहित एक ट्यांकरलाई प्रहरी पक्राउ गरेको छ । दरबारमार्गस्थित होटल डेला अन्नपूर्ण होटलमा तेल खन्याएर निक्लिँदा ना २ ख ४२२५ नम्बरको ट्यांकर पक्राउ परेको हो । ट्यांकरसहित सप्तरी घर भएका २५ वर्षीय चालक सुरेन्द्र कुमार मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कालोबजारीलाई निरुत्साहित गर्न प्रहरीले विशेष अभियान चलाइरहेको बेला सुनसरीको विराटनगरबाट कालोबजारीको १२ हजार लिटर डिजेल लोड भई काठमाडौंका विभिन्न होटलमा वितरण गर्न आइपुगेको सूचना पाएको थियो । सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट परिचालित टोलीले उक्त ट्यांकरलाई आइतबार बिहान ९ बजे पक्राउ गरेको हो । उक्त ट्यांकरले होटल डेला अन्नपूर्णमा ९ हजार लिटर तेल खन्याई सकेको र बाँकी ३ हजार लिटर डिजेल बाँकी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप