कमिसन विवादले रामेछापका बिद्यार्थीले पुस्तक पाउने सम्भावना कम
रामेछाप – रामेछापका अधिकांश सरकारी बिद्यालयका बिद्यार्थिहरुले यो बर्ष समयमै पाठय्पुस्तक पाउने सम्भावना न्युन देखिएको छ । जिल्लामा रहेका विभिन्न पाठ्यपुस्तक बिक्रेताहरुले गत बर्षको पुस्तक ढुवानी बापतको कमिसन रकम जनक शिक्षाले नदिएको भन्दै यो बर्ष उक्त रकम नदिएसम्म पुस्तक नल्याउने बताएपछि बिद्यार्थीहरुले पुस्तक पाउने सम्भाबना कम देखिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापको आईतबार बसेको बैठकले शैक्षिक सत्र २०७१÷७२ का लागि खरिद गरिएका सरकारी पाठ्यपुस्तकहरुको ढुवानी बापतको थप कमिशन हालसम्म पनि नपाएकोले उक्त रकम नपाएसम्म कुनै ब्यवसायीहरुले पाठयपुस्तक जिल्लामा नल्याउने निर्णय गरेका हुन् । यता महासंघले गरेको निर्णय बुझाउन जिल्ला शिक्षा कार्यालय पुगेका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघको टोलीलाई जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले बेलैमा पाठ्य पुस्तक जिल्लामा ल्याएर विद्यालयका बालबालिकाहरुलाई उपलब्ध गराउन अनुरोध गर्नु भएको छ । तर पुस्तक ब्यवसायिहरुले भने आफुहरुको समस्या समाधान नभएसम्म पाठ्यपुस्तक जिल्लामा नल्याउने अडान लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण