समताको ४२ औं शाखा स्याङ्जामा : मावि नै समतालाई दान
काठमाडौं – मासिक एक सय रुपैयाँ शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतनले स्याङ्जामा शाखा विस्तार गरेको छ । यो समता विद्यालयको ४२ औं शाखा हो । काठमाडौंको बौद्धस्थित केन्द्रिय कार्यालय रहेको विद्यालयले ७५ वटै जिल्लामा सञ्चालन गर्ने योजना अन्र्तगत शाखा विस्तार गर्दै गएको छ । ‘एजुकेशन फर अल’ भन्ने मुल नारा बोकेर देशभर समता विद्यालय सञ्चालन गर्न लागिएको संस्थापक उत्तम संजेलले जानकारी दिए । उनले भने, ‘समता विद्यालय सबैको विद्यालय हो । सबैको विद्यालयकलाई सबै जिल्लामा पुराउनको लागि अभियानकैै रुपमा दौडिरहेको छु ।’ वि.संं. २०७५ सालसम्ममा ७५ वटै जिल्लामा समता विद्यालय पुर्याउने लक्ष्य रहेको संजेलले खुलास्त गरे । पैसा नभएकै कारण कसैले पनि शिक्षा (अंग्रेजी शिक्षा)बाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले वि.सं. २०५८ सालमा स्थापना भएको विद्यालयले ४० हजार विद्यार्थीलाई अध्ययन गराउँदै आएको छ । समता विद्यालयमा गुणस्तरीय शिक्षा भएकै कारण जिल्ला जिल्लामा समता विद्यालयको स्थापनाको लागि आह्वान र सहयोग पनि हुने गरेको संजेलले बताए । आईतबार स्याङ्जामै खोलिएको समता विद्यालय नाम मात्रै समता दिईएको थियो । स्थानिय दुई दाजुभाईले आमाबुवाको स्मृतिमा चलाउँदै आएको माध्यमिक विद्यालय नै समता विद्यालयकलाई हस्ताणतरण गरेपछि सम्पुर्ण जिम्मेवारी समताले लिएर आफ्नो शाखा बनाएको हो । समता विद्यालयलाई हस्ताणतरण गरिएको चुडामणी मेमोरियल इङलिस बोर्डिङको अनुमानित मूल्य रु. १ करोड १५ लाख बराबर रहेको थियो । उक्त विद्यालय पवैगौडे गाविस नयाँ बजारमा अवस्थित छ । एक रोपनी जग्गामा फैलिएकोे १६ कोठे पक्की भवण, फर्निचर तथा सम्पुर्ण शैक्षिक सामग्री सहितको विद्यालयका संस्थापक द्धव दाजुभाई लोकनाथ रेग्मी र टुक प्रसाद रेग्मीले दान स्वरुप शनिबार संजेललाई हस्ताण्तरण गरेका हुन । आफ्नो विद्यालयलाई समता विद्यालयलाई हस्तणतरण गर्न पाएकोमा रेग्मी दाजुभाईले खुशीसमेत व्यक्त गरे । समता विद्यालयले राजधानीमा स्नात्तोतरसम्म अध्ययन गर्दै आएता पनि अन्य शाखामा भने पूर्व प्राथमिकदेखि माध्यमिकसम्म पढ्उँदै आएको छ । यसै वर्षदेखि भक्तपुरको शाखामा भने प्लस टू सञ्चालनमा ल्याईएको समता विद्यालयका प्रशासक अजय अधिकारी सुशिलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण