कटुवा पेस्तोलसहित युवक पक्राउ
सोमबार, १५ चैत २०७२, ११ : १६
लहान - प्रहरीको गस्ती टोलीले गए राति सिरहाको विष्णुपुरकट्टीबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा विष्णुपुरकट्टी–४ निवासी १९ वर्षीय जीतेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो । आफ्नै घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण