शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरका ६१ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट बञ्चित

सोमबार, १५ चैत २०७२, ११ : २९
सोमबार, १५ चैत २०७२

भक्तपुर – आगामी विहीबार देखि शुरु हुने एसएलसी परीक्षामा भक्तपुरका विभिन्न विद्यालयका ६१ जना विद्यार्थी सहभागी हुन नपाउने भएका छन् । विद्यालय संञ्चालन भएको दिनको ७५ प्रतिशत हाजिरी नपुगेका, समयमा राजस्व नतिरेका जस्ता कारणले ति विद्यार्थीहरु परीक्षामा सहभागी हुनबाट बञ्चित भएको जानकारी जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । प्राविधिक एसएलसी तर्फ सबैभन्दा धेरै ४५ जना र अर्को एसएलसी तर्फका १६ जना विद्यार्थी रहेका छन् । यस वर्ष भक्तपुरबाट नियमित तर्फ ५ हजार ५ सय ५० जना तथा एक्जामटेड तर्फ ३ सय ५० जना गरी कुल ५ हजार ९ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । जस मध्ये एक जना विद्यार्थी शारीरीक रुपमा अशक्त विद्यार्थी रहेका छन् । अन्य जिल्लामा राजनितिक भागबण्डामा केन्द्रअध्यक्ष नियुक्त गरेको समाचार आइरहदा भक्तपुरमा भने परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्रअध्यक्ष नियुक्त गरिएको छ । एसएलसी परीक्षाको लागि भक्तपुरमा २३ वटा परीक्षा केन्द्र तोकिएको छ । एक्जामटेड तर्फका सबै विद्यार्थीहरुको लागि बासु उच्च माविमा परीक्षा केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप