शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको दुवै भ्रमण सफल : मन्त्री खरेल

सोमबार, १५ चैत २०७२, १२ : ०२
सोमबार, १५ चैत २०७२
मोरङ - कानुनमन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको वताएका छन् । संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उनको भनाइ छ । मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानीमा मन्त्री खरेलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धिमूलक रहेको बताए । निकै लामो समयदेखि सम्झौता हुन नसकेका विषयमा सहमति भएको उनको भनाइ थियो । विगत लामो समयदेखि हुन नसकेको पारवहन सन्धि, व्यापार सम्झौता, पर्यटन, भौतिक पूर्वाधारका विषयमा सम्झौता भएको उनले बताए । कानुनमन्त्री खरेलले प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलब्धिमूलक भएको दाबी गरे । मन्त्री खरेलले मधेसवादी दलले फेरि आन्दोलनको कुरा गर्नुपर्ने अवस्था नरहेको बताए । उनले मधेसवादी दलका माग पूरा हुँदै गएकाले आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप