शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिका उम्मेद्वार ट्रम्प भन्छन् –अमेरिकी सेना कोरियाबाट फिर्ता गर्नुपर्छ

सोमबार, १५ चैत २०७२, १२ : २१
सोमबार, १५ चैत २०७२

कोरिया – रिपव्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपती उमेद्वारको दौडमा अग्रस्थानमा रहेका डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने बताएका छन् । चुनावी प्रचारको दौरानमा आफ्ना अभिव्यक्तीले बिवादित बन्दै आएका ट्रप्पले कोरिया आफै आणविक हतियार बनाउन सक्षम रहेको भन्दै सेना फिर्ता गर्नुपर्ने बताएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिंदै कोरिया जस्तो धनि देशले सबै कुरा गर्न आफै सक्षम रहेको समेत बताए । आफ्नो विदेश नितीबारे ब्याख्या गर्दै उनले ‘अमेरिका पहिला ‘ भन्ने निती अनुसार आफुले चल्न चाहेको बताए । व्यापारीबाट राजनितीज्ञ बनेका उनले जापान र कोरिया आफै आणविक हतियार बनाएर उत्तर बिरूद्द लड्न सक्ने बताए । उनले अब अमेरिका अहिले शक्तिहिन देखिएकोले आफ्नो क्षमता बढाउन लाग्नुपर्ने बताए । उत्तर कोरियाले २००६ देखि ४ पटक आणविक हतियार परिक्षण गरिसकेको छ । दक्षिण कोरियामा हाल २८ हजार ५ सय अमेरिकी स्थल सेना रहेका छन् ।भने हवाई ,जल सेनाको तालिम प्राप्त कयौं अधिकारीहरू छन् । जापान ,कोरिया र अमेरिका बीच ‘साझा रक्षा निती’सम्बन्धी सन्धीको प्रावधान अनुसार अमेरिकी सेना कोरियामा रहेका छन् । बिश्लेषकहरूका अनुसार ट्रप्पले राष्ट्रतीमा विजय प्राप्त गरेमा जापान र दक्षिण कोरिया संगको रक्षा सन्धी पूनर्विचार गर्ने प्रस्ताव गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप