शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनको मिति तय

सोमबार, १५ चैत २०७२, १२ : ५६
सोमबार, १५ चैत २०७२

काठमाडौं – सत्तारुढ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)को प्रथम महाधिवेशन मिति तय भएको छ । बैशाख २०, २१ र २२ गते मोरङ जिल्लाको विराटनगरमा प्रथम महाधिवेशन हुने उद्घोष फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले गरेका छन् । उपेन्द्र यादव नेतृत्व मधेशी जनअधिकार फोरम, नेपालबाट पार्टी टुक्र्याएर गच्छदारले २०६६ साउन १६ गते फोरम लोकतान्त्रिक गठन गरिएको थियो । पार्टी गठनको सात वर्ष पछि फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशन हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप