शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘मृत्यु’ माग्दै इस्टर पर्वमा ट्रम्पको पुत्ला दहन

सोमबार, १५ चैत २०७२, १३ : ०३
सोमबार, १५ चैत २०७२
मेक्सिको सिटी – रिपब्लिकनको तर्फबाट अमेरिकी राष्ट्रपतिको दाबेदार डोनाल्ड ट्रम्पबाट छिमेकी देश मेक्सिकोका जनता निकै चिढिएका छन् । आप्रवासीविरोधी भाषणका कारण अमेरिकाभित्र आश्चर्यजनकरुपमा लोकप्रिय बन्दै गएका ट्रम्पसँग मेक्सिकोका जनता भने त्यति धेरै खुसी छैनन् । त्यही भएर इस्टर पर्वको अवसरमा ट्रम्पको पुत्ला जलाउँदै मृत्युको कामना गरेका छन् । मेक्सिको सिटीमा निकै गरिब क्षेत्र मानिएको ला मर्सेडमा सयौं जनताले निलो सुट र रातो टाई लगाएको ट्रम्पको पुत्ला जलाउँदै ‘मृत्यु’ भन्दै चिच्याएका थिए । ट्रम्पको पुत्लामा पटाकाहरु जडान गरिएर आगो लगाइएको थियो । ला मेर्सेड मात्र नभएर देशका विभिन्न भागमा ट्रम्पको पुत्ला दहन गरिएको खबर विभिन्न मिडियामा सर्वाजनिक भएका छन् । बाइबलका अनुसार जिजिस क्राइस्टलाई धोका दिने जुडास इस्कारियोटको पुत्ला दहन गरेर मेक्सिकोका जनताले इस्टरको सप्ताह मनाउने गरेका छन् । पछिल्लो समय जुडासको पुत्लाको ठाउँमा राजनीतिक नेताहरु पुत्ला दहन गर्ने परम्परा बसालिएको छ । ‘मेक्सिको र मेक्सिको जनताबारे बोल्ने गरेका कारण मलाई उसको पुत्ला बनाउनु नै थियो,’ ट्रम्पको पुत्ला बनाउने फिलिपे लिनारे भन्छन् । नोभेम्बर ८ मा हुने राष्ट्रपतिको निर्वाचनको दौडमा अग्र स्थानमा रहेका ट्रम्पले मेक्सिकोका अवैद्य आप्रवासीलाई रोक्न ठूलो पर्खाल निर्माण गर्ने बताएपछि आलोचनाको केन्द्र बनेका छन् । उनले पटक–पटक मेक्सिकोका आप्रवासीलाई ड्रग व्यापारी, बलात्कारी र अपराधीको रुपमा चित्रण गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप