शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पृथ्वीनारायण शाहको 'नामी' दरबारको यस्तो हालत (फोटोफिचर)

सोमबार, १५ चैत २०७२, १३ : ३३
सोमबार, १५ चैत २०७२

नुवाकोट– नुवाकोटको प्रमुख पर्यटकीय गन्तब्य हो, नुवाकोटको साततले दरबार । बैशाख १२ गतेको विकाशकारी भुकम्पअघि आन्तरिक तथा बाह्य पर्यटकको घुईँचो लाग्थ्यो, नुवाकोट दरबार परिसरमा । तर, भुकम्पले जब साततले दरबार ध्वस्त यहाँको अवस्था सुनसान छ । दुई सय ५३ वर्ष पुरानो यो दरबार १८१९ सालमा पृथ्वीनारायण शाहले ललितपुरबाट वास्तुकलाका नामी कालिगढ झिकाएर यो दरबार निर्माण गरेका थिए । तर, भुकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत खण्डहर अवस्थामा रहेको नुवाकोट दरबारको पखुर्ननिर्माण हुन सकेको छैन । केही दिन अघि दरवार क्षेत्रमा पुग्दा एक कर्मचारी छाना टाल्दै गरेका भेटिए । दरवारपरिसरमा छरपस्ट ईटा टायल र काठको टुक्रा अझै पन्छ्याइसकेको छैन । क्षतविक्षत मठ मन्दिर र दरवारका भित्ताहरु टाल्न न सरकारी अधिकारी नुवाकोट पुगेका छन् न त स्थानीयबासीले जाँगर देखाएका छन् । तलेजु, गारदघर र नुवाकोट सात तले दरवारलगायत सबै संरचना भत्के ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप