साईन्स क्याम्पस स्थापनाको लागि धार्मिक महोत्सव
डोल्पा –डोल्पामै बिज्ञान तथा स्वास्थ्यतर्फको अ.न.मी, अ.हे.व लगायतको प्राबिधिक शिक्षा अध्ययनकोलागी क्याम्पस स्थापना गर्ने उद्येश्यले पहिलो पटक धार्मिक महोत्सव लगाईने भएको छ ।
आदर्श उच्च माध्यामिक बिद्यालय जुफालको आयोजनामा हुन लागेको महोत्सव २०७३ साल भदौ पहिलो हप्ता भित्र सुरुहुने आदर्श उ मा बि का प्राचार्य पुर्ण बहादु डाँगीले जानकारी दिए । महोत्सव संञ्चालनबाट उठेको रकमले आदर्श उ मा बि जुफालमा क्याम्पस स्थापनागरी समग्र जिल्लाकै शैक्षिक उन्नतिकोलागि खर्च गरिने र क्याम्पस स्थापना पश्चात प्राबिधिक शिक्षालय तथा बिज्ञान बिषय अध्ययनकोलागि लाखौ खर्च गरेर जिल्ला बाहिरजाने अवस्थाको अन्त्यहुने डाँगीले बताए ।
महोत्सवमा महायज्ञ लगाईने र बिभिन्न धार्मिक कार्यक्रमहरुको आयोजनाहुने समेत उनले जानकारी दिए । महोत्सव संञ्चालनकोलागि शुक्रबार मात्रै एक सय पचास सदस्यि मुल समारोह समिती गठन गरीएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण