अमिताभ, कंगना र बाहुबलीलाई राष्ट्रिय फिल्म अवार्ड
मुम्बई – अमिताभ बच्चन र कंगना रनावटले ६३ औं राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका छन् । त्यस्तै, बाहुबलीले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्यो । पिकुमा दिपिका पाडुकोनको पिताको भूमिका निभाए बापत अमिताभले उक्त अवार्ड जितेका हुन् । ७३ वर्षीय भेटरान अभिनेताको यो चौंथो राष्ट्रिय फिल्म अवार्ड हो । उनले यसअघि सन् १९९० मा अग्निपथ, सन् २००५ मा ब्ल्याक र सन् २००९ मा पाका लागि यो अवार्ड जितेका थिए । २८ वर्षीय कंगनाले तनु वेड मनु रिटर्नका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उनले यसअघि क्वीनका लागि उत्कृष्ट अभिनेत्री तथा फेसनका लागि सहायक अभिनेत्रीको अवार्ड जितिसकेकी छिन् । एसएस राजामाउलीको ब्लकबस्टर बाहुबलीले निकै चर्चा गरिएको मसानलाई पछि पार्दै उत्कृष्ट चलचित्रको उपाधि हात पार्यो । मसानका निर्देशक निरज घ्यावनले उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड हात पारे । त्यस्तै, बाजिराव मस्तानीबाट सञ्जय लिला भन्सालीले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे भने बजरंगी भाइजानले सबैभन्दा चर्चित चलचित्रको अवार्ड हात पार्यो । उत्कृष्ट हिन्दी फिल्ममा भने दम लगाके हैँसाले बाजी मार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण