राजकुमार ह्यारी आज राजधानी फर्किने
गोरखा– भूकम्पले ध्वस्त बनाएको मनास्लु पदमार्गअन्तर्गत उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभात किरण माध्यामिक विद्यालयको ११ कोठे भवन पुनःनिर्माणमा सघाएर बेलायतका राजकुमार ह्यारी आज काठमाडौँ फर्किने कार्यक्रम छ ।
गत बिहीबार लापु पुगेका राजुकुमार ह्यारीले शुक्रबारदेखि विद्यालय भवन निर्माण गर्न ढुङ्गा र काठ बोकेका थिए । ह्यारीले चार दिनसम्म निरन्तर काम गरेको स्थानीयवासीले बताए । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आज राजधानी फर्किने कार्यक्रम रहेको एक स्थानीयवासीले टेलिफोनमा बताएका छन् ।
“ह्यारी बस्दै आएको लापु गेष्ट हाउसमा स्कुल बनाउन सघाएका ह्यारीलाई धन्यवाद र बधाइ दिने कार्यक्रम छ”, स्थानीय एक होटल संचालिकाले भनिन् – “पाहुनाहरु हेलिकप्टरबाट फर्कन्छन् ।” ह्यारीले विद्यालयका साथै भूकम्पले अवरुद्ध नौलीखोला तेस्रो लघुजलविद्युत् पनि अवलोकन गर्नुका साथै मर्मतमा सहयोग गरेका थिए ।
राजकुमार ह्यारीको भ्रमणलाई व्यक्तिगत भन्दै स्थानीय र विद्यालय निर्माण गरिरहेको ‘टिम रुबिकेन युके’ नामक संस्थामा आबद्ध युवायुवतीले गोप्य राखेका थिए ।
ह्यारी लापुबेँसीमा रहेकोबारे समाचार आएपछि मात्रै गाउँमा ह्यारी आएको स्थानीयवासीले थाहा पाएका हुन् ।
ह्यारीको नेपाल बसाइँ मङ्गलबार सकिँदैछ । उनले छ दिन अनौपचारिक रुपमा पुनःनिर्माणमा जुट्ने भन्दै बसाइँ थप गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण