बैठक चलिरहँदा अफगानिस्तानको संसद्मा तालिवानद्वारा रेकट हमला
सोमबार, १५ चैत २०७२, १५ : १६
काबुल – तालिबान विद्रोहीहरुले अफगानिस्तानको संसद् भवन रहेको कम्पाउण्डमा सोमबार रकेट हमला गरेका छन् । सांसद्हरुलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले घटनामा कोही घाइते नभएको बताएका छन् ।
यद्यफि तालिवानका प्रवक्ता जविहुल्ला मुजाहिदले घटनाको जिम्मेवारी लिँदै ठूलो संख्यामा हताहती भएको दाबी गरेको छ ।
‘संसद् भवनको कम्पाउण्डमा तीनवटा रकेट प्रहार भएको हो । तर, कुनैले पनि मुख्य भवनमा क्षति पुर्याउन सकेन,’ एक संसद् सफिउल्लहा मुस्लिमले भने, ‘त्यतिबेला संसद् बैठक चलिरहेको थियो ।’
उक्त हमला लामो दुरीको रकेट वा रकेट ग्रिनेडबाट भएको भन्नेमा अझै दुई थरी रिपोर्ट आइरहेको छ ।
पाकिस्तानको लाहोरमा ७२ जनाको ज्यान जाने गरी भएको हमला भएको एक दिनपछि उक्त घटना भएको हो ।
उक्त संसद् भवनलाई भारतले निर्माण गरिदिएको हो । गत डिसेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भवनको उद्घाटन गरेका थिए ।
सन् २००५ मा राष्ट्रपति हामिद करजाईको उपस्थितिमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा उक्त भवनको शिलान्यास गरिएको थियो ।
सो भवनमा यसअघि सन् २०१५ को जुन २३ मा हमला गरेका थिए । उक्त घटनामा २ जना सर्वसाधारणको मृत्यु भएको थियो भने हमला गर्न आएका आतंककारीको सुरक्षाकर्मीको कारवाहीमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण