शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खिल्ली उडाएपछि अनुस्काको समर्थनमा उत्रिए विराट

सोमबार, १५ चैत २०७२, १५ : ५२
सोमबार, १५ चैत २०७२
मुम्बई – क्रिकेट स्टार अनुस्का शर्मा र विराट कोहलीबीचको सम्बन्ध टुटेको खबरले धेरैलाई दुःखी तुल्याएको थियो । तर, भारतका क्रिकेट फ्यानहरुले भने यसलाई खुसीको खबरको रुपमा लिएका थिए । किनभने अनुस्काका कारण विराटले क्रिकेटमा एकाग्रता गुमाएको र खेलमा राम्रो प्रदर्शन गर्न नसकेको उनीहरुको बुझाई थियो । त्यही भएर दुवै जना प्रेम सम्बन्धमा हुँदा विराटले राम्रो खेल्न नसक्ने बित्तिकै अनुस्काको समाजिक सञ्जालमा खिल्ली उडाउने गरिन्थ्यो । हिजो अस्ट्रेलियाविरुद्धको खेलमा विराट नायक बनेपछि फेरि समाजिक सञ्जालको तारो बनिन् अनुस्का । उनी विराटको लागि ‘ब्याड लक’ भएको भन्दै विभिन्न टिप्पणीहरु भए । धेरैले विराटलाई छाडेकोमा उनलाई धेरैले धन्यवाद दिए । भलै प्रेम सम्बन्धमा नहुन् तर सामाजिक सञ्जालमा आफ्नो पूर्व प्रेमिकाको विषयमा नकारात्मक टिप्पणी भएपछि विराट एकपटक फेरि अनुस्काको समर्थनमा खडा भएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै विराटले भने, ‘अनुस्काको खिल्ली उठाउनेहरुलाई लाज लग्नुपर्ने । उनले सधैं मलाई सकारात्मक प्रभाव पारेकी छिन् ।’ उनले इन्स्टाग्राममा पनि सोही आसयको तस्विर राख्दै उनले अनुस्काको खिल्ली उडाउने प्रति आक्रोश पोख्दै अनुस्का र आफ्नो खेलबीच कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले अनुस्कालाई सम्मान गर्न आग्रह गर्दै ‘यदी यस्तै गरी कसैले आफ्नो दिदी–बहिनी, प्रेमिका र पत्नीको मजाक उडाए कस्तो अनुभव हुन्छ ?’ भन्दै प्रतिप्रश्न समेत गरेका छन् । यसो त, केही मिडियाहरुमा विराट र अनुस्काको पुनर्मिलनको समाचार समेत आउन थालेको छ । भारतीय मिडियाको दाबी अनुसार पाकिस्तानविरुद्धको खेलपछि दुवैबीच पुनः बोलचाल शुरु भएको र चाँडै विवाह समेत गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप