शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिरहाबाट १३ हजार बढी विद्यार्थी एसएलसीमा सहभागी हुँदै

सोमबार, १५ चैत २०७२, १५ : ५३
सोमबार, १५ चैत २०७२

सिरहा – विहिबारदेखि देशभरी एकै पटक सुरु हुने एसएलसी परीक्षाको तयारी सिरहामा पनि पुरा भएको छ । यस बर्ष सिरहाबाट कूल १३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । ति मध्ये नियमित तर्फ ९ हजार ६ सय ६५ र एक्जाम्टेड तर्फ ३ हजार ५सय ७० जना विद्यार्थी रहेका छन् । सिरहाबाट ७० जना परीक्षार्थीले यस बर्ष एसएलसी दिनबाट बञ्चित भएका छन् । समयमा परीक्षा फर्म नभरेको, फर्ममा त्रुटी देखिएको र समयमा राजश्व नबुझाएकोले केहि परीक्षार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको शिक्षा कार्यालय सिरहाले जनाएको छ । यता, एसएलसीको लागी सिरहामा कूल ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा अधिकारी महिन्द्र महतोले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप