पोखरामा परेको असिनाले बालीनालीमा क्षति
सोमबार, १५ चैत २०७२, १५ : ५९
पोखरा - लामो समयको अन्तरालमा आइतबार पोखरामा परेको असिना पानीले कृषकले लगाएको तरकारी बाली तथा खेतीमा ठूलो क्षति भएको छ ।
हावाहुरीसहित परेको असिना पानीका कारण जिल्लाका अर्मला, लामाचौर, बाटुलेचौर, लाचोक तथा भाचोकको लगभग ५० प्रतिशत क्षेत्र, आर्वा, काहु, भलाम, लुम्ले, कास्कीकोट तथा सराङ्कोटमा ठूलो क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइरालाका अनुसार असिना पानीले बालीनालीमा ठूलो क्षति पु¥याएको छ । केही ठाउँमा घरका छानासमेत उडाएको छ ।
अर्मलाका स्थानीय कृषक प्रकाश भट्टराई कृषकले निर्माण गरेका टनेल तथा घरायसी प्रयोजनका साथै बिक्रीका लागि तयार गरिएका बन्दा, काउली, जुकेना, गोलभेँडा, प्याजलगायतका तरकारी असिनाले छियाछिया पारेको बताउँछन् ।
धवलागिरि प्राविधिक कृषक समूहकी सदस्य डिलकुमारी गुरुङ हावाहुरीसहित बाक्लो गरी परेको असिनाका कारण तरकारी खेती पूर्ण रुपमा नष्ट भएको बताउँछन् । एक रोपनी क्षेत्रफलमा अर्गानिक बेमौसमी तरकारी लगाएका कृषक विष्णु भट्टराईले बजारमा बिक्री गर्नका लागि राखेको तरकारी असिनाले ध्वस्त बनाएको बताए ।
अर्मला कृषि सेवा केन्द्रका प्रमुख दुर्गा गुरुङले अर्मलामा मात्रै २५ हेक्टर क्षेत्रफलमा लगाएको बेमौसमी तरकारी खेती तथा रोप्नका लागि तयार गरिएका बिरुवामा पूर्ण क्षति भएको बताए । यस आसपासका घुरकुना, जोगिमणिलगायतका स्थानमा गहुँ बालीमा क्षति भएको छ । पछिल्ला समयमा यस क्षेत्रका कृषकले निरन्तर रुपमा तरकारी फलाउनका लागि घुम्ती बाली लगाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण