शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मधेशी नेताकै कारण मधेस अन्दोलन अन्यौलमा : राजकुमार लेखी

सोमबार, १५ चैत २०७२, १५ : ५९
सोमबार, १५ चैत २०७२

राजविराज– वर्षौदेखि अधिकारबाट वञ्चित रहेका मधेशी समूदायको आन्दोलन केहि मधेशी नेताहरुको कारण अन्यौलमा परेको नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले आरोप लगाएका छन् ।

सोमवार पार्टीद्वारा राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक लेखीले यस्तो आरोप लगाएका हुन् । जनजाति र मधेशी समूदाय अधिकारको लडाईमा होमिएको बेला विजय गच्छेदार लगायतका स्वार्थी नेताहरुको स्वार्थका कारण आन्दोलन तुहिएको उनको दाबी छ । उनले भने–‘गच्छेदार जस्ता गद्दार नेताहरुको कारण अधिकार प्राप्तिको आन्दोलन बदनाम भएको हो, यस्ता स्वार्थी नेताहरुलाई जनताले अवश्य कारवाही गर्छन् ।’

मत दिएर सत्तामा पु¥याउने जनतालाई कारवाही गर्ने हक पनि रहेको वताउदै संयोजक लेखीले स्वार्थमा लागेका नेतालाई कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । उपेक्षित थारु र मधेशी समूदायको अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै संयोजक लेखीले उपेक्षामा पारिएका समूदायलाई एकतावद्ध बनाएर संघर्ष गर्नुको विकल्प नरहेको समेत उनले बताए ।

पत्रकार सम्मेलनमा पार्टीका दोस्रो चरणका केन्द्रीय सदस्यहरुको नाम समेत सार्वजनिक गरिएकोे छ । सार्वजनिक गरेको समितिमा खड्गनारायण चौधरी, लिला गम्भीर थारु, सीता चौधरी, हेमनारायण चौधरी, सीता चौधरी कृष्णी चौधरी, सुशीला चौधरी, अर्जुन चौधरी, छविलाल कोपिला, दुखराम चौधरी, सत्यनारायण चौधरी, महेश्वरी चौधरी, विनोद चौधरी, दिनेश चौधरी, रामचन्द्र चौधरी, रामकिशोर कल्याण थारु, दुर्गानन्द चौधरी, रञ्जिता चौधरी, युवराज कँुवर, ओमकान्त पण्डित, उषा खान, उपेन्द्रनारायण चौधरी, शिवु यादव, दिलकुमारी चौधरी र ईन्द्रनारायण चौधरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप