मध्यपहाडी र चुरे क्षेत्रमा बढी भूक्षय
काठमाडौँ - भू तथा जलाधार संरक्षण विभागले मध्यपहाडी र चुरे क्षेत्रमा बढी मात्रामा भू–क्षय हुने गरेको जनाएको छ ।
वर्षायाममा अत्यधिक पानी पर्ने र हिउँदमा पानी नपर्ने गर्दा एकैचोटीको पानीको बोझले भिरालो जमिन भएको मध्यपहाडी र चुरे क्षेत्रमा बढी भू–क्षय हुने गरेको विभागका जलाधार व्यवस्थापन अधिकृत डा जगन्नाथ जोशीले जानकारी दिए । उनले भने – “वर्षाको पानीका कारण ५० देखि ८० प्रतिशत भू–क्षय हुने गरेको छ ।”
पानी परेर पहिरो र अन्य कारणले धेरै भू–क्षय हुनेमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, चितवन, नवलपरासीलगायतका तराईका ३१ जिल्ला रहेका छन् भने हावाका कारण भू–क्षय हुनेमा हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।
जल, जमिन, जनावर, जनता, जङ्गल र जलवायुको व्यवस्थापन भएमात्र भू–क्षय रोकिने डा जोशी बताउँछन् । उनी भन्छन् – “जल संरक्षणका लागि जमिनको व्यवस्थापन र जमिनको व्यवस्थापनका लागि जल संरक्षण गर्नु जरुरी छ ।”
कमलो भौगोलिक अवस्था, भिरालो भू–बनोट, मनसुनी वर्षा, जलवायु परिवर्तन, जथाभावी मोटरबाटो खन्नु आदिका कारण बढी भू–क्षय हुने गरेको छ । नेपालको पूर्वी भागको तुलनामा पश्चिम भागमा भ–ूक्षय बढी हुने गरेको विभागले जनाएको छ । चुरेबाट बगेर गएको माटोले तराईको उत्पादन हुने स्थान पुरिने गरेको छ ।
विसं २०३१ साउन २४ गते स्थापना भएको विभागले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजना, पर्वतीय जलाधारको जलवायु परिवर्तन समयअनुकूल आयोग, जिल्ला भू–संरक्षण कार्यालयमार्फत भू–क्षय रोकथाम गर्दै आएको छ ।
पछिल्लो समय विभागले चुरे क्षेत्रको भू–क्षयलाई रोकथाम गर्नका लागि धेरै बजेट र कार्यक्रम त्यस क्षेत्रमा छुट्याएको छ । भूकम्पबाट देशभरका ३१ जिल्लामा दुई हजार ८०० ठाउँमा पहिरो गएको र हजारौँ स्थानमा धाँजा फाटेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण