पत्रकार महासङ्घको बैठकमा कालो झन्डा प्रदर्शन
सोमबार, १५ चैत २०७२, १८ : ११
बनेपा– काभ्रेपलाञ्चोकका क्रियाशील पत्रकारले एक दशकदेखि सदस्यता नपाएको विरोधमा आज धुलिखेलमा कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको धुलिखेलमा जारी बैठकमा सदस्यता नपाएको भन्दै क्रियाशील पत्रकार सङ्घर्ष समिति काभ्रेपलाञ्चोकका संयोजक दिनेश घिमिरेको नेतृत्वमा पत्रकारले बैठकस्थलमै कालोपट्टीसहित नाराबाजी गर्दैै केहीबेर बैठक अवरुद्घ गरेका थिए ।
आइतबारदेखि धुलिखेलमा चलिरहेको प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिको संयुक्त बैठकमा पत्रकार आचारसंहिताको विषयमा छलफल भइरहेको छ ।
संयुक्त बैठकले पत्रकारको संशोधित नयाँ आचारसंहितासमेत जारी गर्ने बताइएको छ । सो अवसरमा अध्यक्ष डा महेन्द्र विष्टले सोही बैठकबाट काभ्रेका क्रियाशील पत्रकारको सदस्यताको विवाद अन्त्य गर्ने जनाउ दिएपछि पत्रकारले नाराबाजी गर्न छोडेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण