अर्थमन्त्री पौडेल र एडिबी उपाध्यक्ष झाङबीच भेट
सोमबार, १५ चैत २०७२, ०७ : २८
काठमाडौँ - अर्थमन्त्री विष्णु पौडेलसँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष वेनचाई झाङले आज भेटवार्ता गरेका छन्।
अर्थ मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सहयोगका विषयमा कुराकानी भएको थियो । एडिबीले ठूला ऊर्जा आयोजना र रणनीतिक सहयोग परियोजना सञ्चालनमा चासो देखाएको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले जानकारी दिए ।
उपाध्यक्ष झाङले भूकम्पपछिको पुनःनिर्माणका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए।
एडिबीले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका साथै लुम्बिनी विकास कोषलाई पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ । मन्त्री पौडेलले एडिबीले नेपाललाई प्रदान गर्दैआएको सहयोगप्रति धन्यवाद पनि व्यक्त गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण