हावाहुरीले स्कुलको छानो उडायो, असिनाले बालीनाली सखाप
ताप्लेजुङ – सोमबार अपराह्न वर्षा र हावाहुरीसहित परेको असिनाका कारण ताप्लेजुङका दर्जनौँ गाविसमा हिउँदे बालीनालीमा क्षति पुगेको छ ।
अपराह्न ४ बजेदेखि हावाहुरी र वर्षासहित असिना पर्दा जिल्लाको खेवाङ, सुरम्खिम, लिम्वुदिन, आङ्खोपलगायतका ठाउँमा हिउँदे बाली मकै, गहुँ, जौलगायतका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । यस्तै, जिल्लाको सिकैचा, तेल्लोक, चाकिसबोटे, आम्वेगुदिन र सदरमुकाम फुङ्लिङमा समेत आधा घन्टा हावाहुरी र वर्षासहित असिना परेको बताइएको छ ।
उता आङ्खोपको एक विद्यालय भवनको छानो हावाहुरीले उडाउँदा भवनभित्र रहेका तीनवटा कम्प्युटरलगायतका सामानमा क्षति पुगेको स्थानीय इन्द्र बुढाथोकीले जानकारी दिए ।
यसरी एक्कासि मौसममा आएको खराबीका कारण पाक्नै लागेको गहुँ, जौ सखाप भए पछि कृषक चिन्तित भएका छन् । यस्तै, केही दिनदेखि हावाहुरीसहित अधिक चट्याङ पर्दै आएकाले स्थानीयवासी आतङ्कित छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण