शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय मधेस समाजवादी पार्टीको विस्तारित बैठक आजदेखि

मङ्गलबार, १६ चैत २०७२, १० : ४६
मङ्गलबार, १६ चैत २०७२
काठमाडौ  – राष्ट्रिय मधेस समाजवादी पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि शुरू भएको छ । पार्टीका अध्यक्ष शरतसिह भण्डारको अध्यक्षता बस्ने बैठकमा मधेस आन्दोलन र त्यसको समीक्षा, संगठन निर्माण, भावी रणनिति, जिल्ला अधिवेशनको बारेमा छलफल हुने जनाइएको छ । बैठक दुई दिनसम्म चल्ने पार्टीका प्रवक्ता केशव झाले जानकारी गराए । उता सदभावना पार्टीको पनि केन्द्रीय विस्तारित बैठक बिराटनगरमा जारी छ । पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको सो बैठकमा पनि आन्दोलनको समीक्षा, अगामी आन्दोलन, संगठन निर्माण, जिम्मेवारी बाँडफाँडलगायतको विषयमा छलफल केन्द्रीत रहेको पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले बताए । बैठकमा आआफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक आजै सकिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप