प्रहरीबाटै अस्पतालका कर्मचारी कुटिए
मङ्गलबार, १६ चैत २०७२, १० : ४७
सिरहा - सिरहाको लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी प्रहरीबाटै सोमबार साँझ कुटिएका छन् ।
गर्भपतन गराएकी एक महिलाको उपचार गराउन गएका दुई प्रहरीले अस्पतालका कार्यालय सहयोगी बद्री साहलाई निर्घात कुटपिट गरेपछि उनी घाइते भएका छन् । उनको शरीरभरि निलडाम देखिएको छ । प्रहरीले बुट लाएरसमेत कुटपिट गरेपछि शरीर सुन्निएको कर्मचारी साहले दुःखेसो पोखे ।
पीडित साहले भने, “सादा पोसाकमा दुई प्रहरी एक महिलाको उपचार गराउन अस्पतालको आकस्मिक शाखामा आएका थिए । मैले कुर्सीमा बस्नुहोस् भन्ने बित्तिकै ती दुई प्रहरीले तथानाम गाली गर्दै एक्कासि कुट्न थाले ।” बुटले कुट्नुका साथै भुँइमा घसेट्दै गाडीमा समेत हाल्न खोज्दा अस्पतालका सहकर्मीले आफूलाई बचाएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय लहानका हवल्दार भोगेन्द्र खत्री र प्रहरी जवान हरेराम यादव उक्त अस्पतालकै कर्मचारीको सुरक्षाका लागि विगत लामो समयदेखि कार्यरत छन् । तर प्रहरीबाटै अस्पतालका कर्मचारी साह कुटिएको बेला भने न त हबलदार खत्री थिए, न त प्रहरी जवान यादव ।
यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले घटनामा प्रहरीको गल्ती रहेको स्वीकार गरे । कर्मचारी साह कुट्ने प्रहरीको नाम सार्वजनिक गर्न नमानेका उनले भने, “सिसि क्यामेरामा समेत प्रहरीले अस्पतालका कर्मचारीलाई घसेटेको देखिन्छ । उनीहरुमाथि विभागीय कारबाही हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण