शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

धोविघाटमा तीन दिन सुजुकी सर्भिस क्याम्प हुने

मङ्गलबार, १६ चैत २०७२, १० : ४९
मङ्गलबार, १६ चैत २०७२

ललितपुर – आगामी चैत १७, १८ र १९ गते ललितपुरको धोबिघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी सर्भिस चेकअप क्याम्प हुने भएको छ । उक्त चेकअप क्याम्पमा सुजुकीका सबै गाडीहरु चेकअप गर्न सकिनेछ । हालै सुुजुकी सर्भिस सेन्टरको रुपमा सञ्चालनमा आएको सौर्य इन्टरप्राइजेज कन्सर्नले सो क्याम्पको आयोजना गरेको हो । क्याम्पमा २४ प्वाइन्ट जनरल चेकअप गरिने यसका सञ्चालक मधुसूदन सिग्देलले जनाएका छन् । क्याम्पमा निःशुल्क एसडीटी डायग्नोसिस समेत गरिने छ । यो वाहेक क्याम्पमा लेबर चार्जमा २० प्रतिशत तथा स्पेयर पार्ट्स, एसेसरिज र ल्युबमा १० प्रतिशत छुट प्रदान गरिने छ । यो बाहेक क्याम्पकै अवसरमा लक्की ड्रमार्फत आकर्षक उपहार समेत प्रदान गरिने बताइएको छ । धोबिघाटस्थित मारुती सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर हालै नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हो । उक्त सर्भिस सेन्टरको नाम ‘सौर्य इन्टरप्राइजेज कन्सर्न’ राखिएको छ । एक दशकभन्दा लामो समयदेखि अटोमोबाइल व्यवसायमा क्रियाशील युवा व्यवसायी मधुसूदन सिग्देलको अगुवाईमा उक्त सर्भिस सेन्टर सञ्चालन भएको हो । सर्भिस सेन्टर सुुरुवात गरेको अवसरमा सर्भिस क्याम्पको आयोजना गरिएको हो । सौर्य इन्टरप्राइजेजमा मारुती सुजुकीका गाडीहरुको सर्भिसिङ, डेन्टपेन्ट, मर्मत सम्भार लगायतका सम्पूर्ण कार्य गरिन्छ । विशेष गरी गाडी रंगरोगनका लागि आवश्यक एक मात्र पेन्ट बुथ समेत यहाँ उपलब्ध भएको सिग्देलले जानकारी दिए । सर्भिस सेन्टरमा प्रतिष्ठित मानिएको एलगी कम्पनीका ग्यारेज इक्विपमेन्ट राखिएका छन् । अबका दिनमा ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराउने समेत सिग्देलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप