शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एसएलसी परीक्षा भर पसल बन्द गरिने

मङ्गलबार, १६ चैत २०७२, १३ : २७
मङ्गलबार, १६ चैत २०७२

जाजरकोट –यहाँको जिल्ला शिक्षा कार्यालय जाजरकोटले एसएलसी परीक्षा अवधी भर पसल वन्द गर्न निर्देशन दिएको छ । परिक्षा केन्द्रको एक किलोमिटर भित्र रहेका सवै अस्थायी तथा स्थायी पसल वन्द गर्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको हो । एक किलोमिटर भित्र चार किल्ला तोकी सुरक्षा व्यावस्था कडा वनाईने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिए । परिक्षामा अनियमितता गर्ने राजनैतिक दल,शिक्षक,कर्मचारी,पत्रकार,राजनैतिक दलको विवरण जिल्ला शिक्षा कार्यालयमा गोप्य प्रतिवेदन वुझाउने व्यवस्था मिलाईने छ । यहाँ १९ वटा परिक्षा केन्द्र रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप