उद्यमशीलतासँग नजिकिंदै विद्यार्थी
सैद्धान्तिक ज्ञानको अलावा विद्यार्थीहरुलाई ब्यवहारीक ज्ञानको पनी जरुरी हुन्छ । आफ्ना विद्यार्थीहरुलाई गुणस्तरिय तथा ब्यवाहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाण्डौ विश्वविद्यालय (कुसोम) ले आफ्ना एम.वि.ए का विद्यार्थीहरुलाई उद्यमशीलता सम्बन्धी थप ब्यवाहारिक ज्ञान दिनका लागि ‘दायित्व’सँग सहकार्य गरेर आर.इ.एस. कार्यक्रम सञ्चालन गर्दै आईरहेका छ ।
‘दायित्व’ नेतृत्व विकासको अभियान हो । नयाँ विचार भएका तथा काम गरिरहेका स्थानीय युवाहरुको नेतृत्व विकासको क्षमतामा अभिबृद्धि गर्न दायित्वले सुशासन, उद्यमशीलता विकास र जनसहभागिता गरी तिन ओटा विषयसग आधारित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
युवा पहिचानको काम उद्यम विकास कार्यक्रम अन्तरगत दायित्व इन्टरप्राइज च्यालेञ्जले गर्दछ । हरेक बर्ष फरक फरक जिल्लामा संचालन हुने दायित्व इन्टरप्राइज च्यालेञ्ज मार्फत जिल्ला भरिबाट १० जना उत्कृष्ट उद्यमी छनौट हुने गर्दछन् । यस वर्षको आर.इ.एस. कार्यक्रम अन्तरगत काठमाण्डौ विश्व विद्यालयका ३३ जना विद्यार्थीहरु मध्ये पाल्पामा १२ जना र गुल्मीमा २१ जना विद्यार्थीहरु पाल्पा र गुल्मीका नमुना उद्यमीहरुको उद्यमशीलता बारे परिचीत भएका काठमाडौं फर्किएका छन् ।
गुल्मिको ठुलोलुम्पेकका खड्गबिर थापाको माछापालन तथा कृषि ब्यवसायको अध्ययन गरेर फर्केका बिजय गौतमले त्यहाँ पुगेपछी कृषि सम्बन्धी अझै धेरै जानकारी पाएको बताए । ‘गाँउ घुम्ने क्रममा कृषकहरुको समस्याहरुलाई एकदम नजिकबाट बुझ्ने मौका पाँए’ गौतमले भने, ‘कृषकहरुले सानो सानो जमिनमा सामान्य तरिकाले खेती गरेको देखेँे ।’
कृषिमा लगानीको समस्या धेरै ठाउँमा पाइन्छ । ठुलोलुम्पेकमा पनी लगानीको समस्या रहेको बताउँछन् गौतम । ‘कुनै बाली लगाएर त्यसलाई बिक्री गर्ने बेला सम्म लाग्ने लागत तथा त्यसबाट जम्मा आम्दानी कति भयो भन्ने हिसाब नराख्ने भएकोले आय–ब्ययको बारे कृषकहरु अनभिज्ञ छन्’ गौतमले भने, ‘जमिन थोरै भएपनी स्थानिय युवाहरुमा सफल उद्यमी बन्ने जोश, जाँगर भएको पाउँदा खुशी पनि लाग्यो ।’ कृषकहरु सर्वसुलभ ब्याजदरमा दुई–चार लाख ऋण लिन चाहेपनी त्यस्तो ऋण नपाउने र बल्ल बल्ल पाएको ऋण पनि १८ प्रतिशत ब्याजदर बुझाउनु पर्ने समस्या ठुलोलुम्पेकमा रहेको गौतमले बताए ।
पाल्पाको डुम्रेका नमुना कृषक दुर्गाबहादुर खाँडको गाई पालन ब्यवसाय निरीक्षण गरेर फर्केकी रुस्का स्थापीतले पनी नयाँ अनुभव हाँसिल गरेकी छिन् । ‘त्यँहाको २१ दिने अध्ययन अनुसनधानका क्रममा धेरै ज्ञान पाएँ शहरको ब्यवसाय र गाउँको ब्यवसाय गर्ने तरिकामा धेरै फरक रहेछ’ रुस्काले भनिन्, ‘एउटा बिरुवालाई ठूलो बनाउन कृषकले कति मेहनत गर्नुपर्दो रहेछ भन्ने थाहा भयो ।’
शहरमा जन्मेहुर्केकी रुस्काले गाई फार्म कहिल्यै देखेकी थिईनन् । आर.ई.एस कार्यक्रम मार्फत कृषकको दिनर्चा बुझ्न पाएकी रुस्काले कृषि पेशा अपनाएर पनि राम्रो आम्दानी गर्न सकिने कुरा थाहा पाएको बताईन् ।
अर्का विद्यार्थी मोहम्मद इस्तियाक यत्ति लामो समय ग्रामिण क्षेत्रमा बसेका थिएनन् । पाल्पाका नमुना उद्यमी केशब कार्कीको मदन पोखरा स्थित च्याउ खेतीको अध्ययन अनुसन्धान गरेर फर्केका इस्तियाक च्याउ खेती बारे धेरै कुरा जान्ने मौका पाएको बताउँछन् । ‘ब्यवसाय गर्दा परिश्रम, धैर्यता तथा आफूले गरेको ब्यवसाय सम्बन्धी ज्ञान हुन जरुरी रहेछ’ इस्तियाकले भने, ‘कुनै पनि शिप तथा ज्ञान पढेर मात्र भन्दा पनि गरेर जानिदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा मैले उद्यमी केशब कार्कीलाई पाएँ ।’
विद्यार्थीहरुलाई गुणस्तरिय र ब्यवाहारिक शिक्षा प्रदान गर्नका लागि यसरी उद्यमीहरुकै घरमै बसेर उद्यमशीलताको बारेमा ब्यवाहारिक ज्ञान तथा शिप पाउनु आफैंमा सकरात्मक पक्ष हो । यसरी विद्यार्थीहरुले स्थानिय स्तरमै उद्यमशीलताको बारेमा जानकारी पाउदाँ एकतिर उनीहरुले ब्यवाहारिक ज्ञान पाउछन् भने अर्कोतिर देशको आर्थिक समृद्धिमा पनि फाइदा पुग्छ । जसले गर्दा युवा स्वरोजगारको संख्यामा पनि बृद्धि हुनेछ । राजधानी तथा शहरी क्षेत्रका केहि क्याम्पस÷ विश्वविद्यालय मात्र भन्दा पनि सबै विषय र क्षेत्रका शैक्षिक संस्थाहरुले आफ्ना विद्यार्थीहरुलाई यस किसिमको ब्यवाहारिक ज्ञान तथा शिप दिनको लागि आवश्यक ध्यान दिने तथा पहल गर्ने पो हो की ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण