अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो
भीमदत्तनगर - कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीस्थित महेन्द्रनगर नगर विकास समितिको जमिनमा अतिक्रमणकारीले बनाएका घर टहरा आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भत्काएको छ ।
स्थानीय प्रशासनले पर्यावरणीय पार्क रहेको सालघारीको जमिनमा मनोमानी ढङ्गले बनाएका टहरा भत्काउन आग्रह गर्दासमेत बेवास्ता गरेपछि बल प्रयोग गरी अतिक्रमण खाली गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले बताए ।
उनले सालघारी क्षेत्रमा केही दिनअघि बनाइएका करिब ५० भन्दा बढी टहरा जिल्ला प्रहरी कार्यालय, दङ्गा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय र शैलेश्वरी गणको संयुक्त टोलीले भत्काएको हो ।
“स्थानीय प्रशासनले टहरा नबनाउन माइकिङ गरेरसमेत आग्रह गरेको हो ।” प्रवक्ता खनालले भने – “सरकारी जमिन कब्जा गर्ने नियत राखिएपछि भत्काइएको हो ।”
पैंतालिस बिगाहामा रहेको पर्यावरणीय पार्कमा रहेका सयौँ सालका रुखसमेत विभिन्न पीडितका नाउँमा जग्गा कब्जा गरी बसेकाहरुले कटान गरेका छन् ।
त्यसैगरी नगर विकास समितिको जमिनमा मनोमानी ढङ्गले बजार क्षेत्रमा पक्की संरचना निर्माण हुन थालेपछि स्थानीय प्रशासनले बल प्रयोग गरेर सो कार्य रोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण