शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्रक पल्टिँदा तीनजना घाइते

मङ्गलबार, १६ चैत २०७२, १४ : ३६
मङ्गलबार, १६ चैत २०७२

उर्लाबारी (मोरङ) - प्रभातकालीन समयमा (मर्निङ वाक)मा हिँडेका मान्छेलाई बचाउने क्रममा आज बिहान मोरङको पथरीमा एउटा ट्रक पल्टिएको छ । मालबाहक ट्रक पल्टिँदा ट्रकका सहचालकसहित तीनजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना१ख ८९६७ नंको ट्रक पथरी–शनिश्चरे–१ स्थित पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो । ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकका सहचालक झापा दमक बेलडागीका ३९ वर्षीय हर्कबहादुर विक, ट्रकमा सवार पथरी शनिश्चरे–१ का ५२ वर्षीय शिव राई र तेह्रथुम वसन्तपुर–४ का ३१ वर्षीय विजय लिम्बू घाइते भएका छन् । उनीहरुको पथरीमै उपचार भइरहेको छ । ट्रकका चालक फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप