शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मापसे गरेर साइरन बजाउँदै एम्बुलेन्स हाँक्ने ड्राइभर प्रहरीको फन्दामा

मङ्गलबार, १६ चैत २०७२, १४ : ३४
मङ्गलबार, १६ चैत २०७२

काठमाडौं– गत चैत ५ गते दरबारमार्गको दक्षिण गेटबाट एक एम्बुलेन्स साइरन बजाउँदै केशरमहलतर्फ हुइँकियो । तीब्र गतिमा रहेको एम्बुलेन्समाथि शंका लागेपछि केशरमहलमै खटिएको प्रहरीले रोक्यो । चेकजाँचको क्रममा पत्तो लाग्यो, एम्बुलेन्समा कुनै बिरामी थिएनन् बरु चालकले मापसेले मात्तिएको सुरुमा एम्बुलेन्स हाँकेको भेटियो ।

महानगरिय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्सपेक्टर सुनिल जंग शाहले एम्बुलेन्स चेकजाँचको क्रममा चालकले मापसे सेवन गरेको पाइएको जानकारी दिए । उनले मापसे सेवन गरेर बा६च ५२६ नम्बरको एम्बुलेन्स चलाएको पाइएपछि चालक मकवानपुर घर भई राजधानीको मनमैजु बस्दै आएका २४ वर्षीय बलराम कार्कीलाई पक्राउ गरिएको मंगलबार जानकारी दिए । उनले बिरामी भएको झुक्याएर मापसे सेवन गरि एम्बुलेन्स चलाएको अभियोगमा पक्राउ परेका कार्कीमाथि सार्वजनिक मुद्दा चलाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप