पोखरामा कम्मर भन्दा माथिको भाग नभएको बच्चाको शव भेटियो
मङ्गलबार, १६ चैत २०७२, १४ : ५४
पोखरा– पोखरामा एक बच्चाको शब विभत्स अवस्थामा फेला परेको छ । बुद्धचोकमा बच्चाको कम्मरभन्दा मुनिको भाग सडकमा अलपत्र अवस्थामा भेटिएको हो ।
मंगलबार कुकुरले मुखमा च्यापेर घिसार्दै गरेको अवस्थामा सो शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको खबर पाएलगत्तै त्यहाँ प्रहरी पुगेपनि मृतकको सनाखत भने गर्न सकेको छैन । प्रहरीले बच्चाको लिङ्ग नछुट्टएिकाले पोष्टमार्टम पछि डिएनए परिक्षण गरिने जनाएको छ । अहिले शबलाई स्थानीय अस्पतालमा राखिएको जनाइएको छ । स्थानीयले हत्याको आशंका गरेपनि प्रहरीले हत्या हो या होइन भन्नेबारे अहिले नै केहि भन्न नसकिने भन्दै घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।
कालगतिले मृत बच्चाको शब गाडिएको ठाउँबाट जनावरहरुले ल्याएको हुन सक्ने पनि प्रहरी अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण