गैँडाको आक्रमणबाट एकको मृत्यु
मङ्गलबार, १६ चैत २०७२, १६ : ०६
चितवन–पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैँडाको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाँस काट्न सामुदायिक वन पुगेका रत्ननगर नगरपालिका वडा नं ९ निवासी अन्दाजी ५३ वर्षीय मानबहादुर गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
आज बिहान ८ बजे घाँस काट्न सामुदायिक वनमा छिरेका गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, सरकारी वन र सामुदायिक वनभित्र र बाहिर निस्किएर गैँडाले बर्सेनि स्थानीयवासीको ज्यान लिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण