विदेशमा कमाएको पैसाले गाउँमा मोटरबाटो
पाँचथर–लाखौँ युवा विदेशिएका छन् । स्वदेशमा बेरोजगार भएपछि युवा विदेशिन बाध्य भएका हुन् । यसले गर्दा नै मुलुकमा बर्सेनि अर्बौं विप्रेषण भित्रिने गरेको छ । झन्डै एक हजार ७०० युवा प्रतिदिन रोजगारीका लागि नेपाल बाहिरिने सरकारी तथ्याङ्क छ ।
यतिको सङ्ख्यामा बाहिरिएका केही नेपाली आफैँ उद्यमी पनि बनेका छन् । अनि कमाएका पैसा नेपालमा पठाएर गाउँको विकासमा पनि लगानी गर्छन् । यस्तै एक युवा हुन् भारपाका श्रीप्रसाद यवा ।
पाँचथर भारपा–५, स्थायी घर भई साउदी अरेबियामा ‘अन्नपूर्ण गेष्टहाउस’ सञ्चालन गर्ने यवाले आफ्नै लगानीमा आफ्नै गाउँमा तीन किलो मिटर बढीको मोटरबाटो निर्माण गरेर आफ्नो समाजको अपेक्षासमेत पूरा गर्न सक्षम भएका हुन् ।
दुई दशकभन्दा बढी समय गाउँको प्रधानपञ्च चलाएका स्थानीय होमप्रसाद यवाका नाति श्रीप्रसादले मेची राजमार्गको डोपकिले नजिकैदेखि आफूले अध्ययन गरेको मानेडाँडा निम्न माध्यमिक विद्यालयसम्म तीन किमीभन्दा बढी मोटरबाटो आफ्नै लगानीमा निर्माण गरेका हुन् ।
दश वर्षभन्दा बढी समयदेखि साउदी अरेबियामा रहेका श्रीप्रसादले काइँला हजुबा नरेन्द्रप्रसाद यवालगायतको आग्रहमा झन्डै रु १५ लाख लगानी गरी तीन किमी मोटरबाटो निर्माण गरेका हुन् । बाटो निर्माणमा अगुवाइ गरेका श्रीप्रसादका काइँला हजुरबा नरेन्द्रकुमारले आफूहरुले तीन वर्षअघिबाटै मोटरबाटो निर्माणका लागि विदेशमा रहेका युवालाई आग्रह गर्दै आएको र पछिल्लो पटक श्रीप्रसाद एक्लैले मोटरबाटो निर्माण गरेर सबैलाई खुसी बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण