शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सोमबारको हावाहुरीबाट एक महिलाको मृत्यु

मङ्गलबार, १६ चैत २०७२, १६ : १५
मङ्गलबार, १६ चैत २०७२
काठमाडौँ– सोमबार आएको हावाहुरीका कारण घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । स्वयम्भू स्तुपा नजिकको घरको छतबाट इँटा खस्ने क्रममा भागदौड हुँदा नागार्जुन–४ सीतापाइला बस्ने कन्चनपुर, महेन्द्रनगरकी ३५ वर्षीया विमला मगर घाइते भई मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक कोमल शाहले घाइते मगरलाई उपचारका लागि अस्पताल लगिएकामा गएराति उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल लगिएको छ । हावाहुरीका कारण काठमाडौँमा पाँचजना, भक्तपुरमा चारजना र ललितपुरमा दुईजना गरी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । डिजेलको ट्याङ्करसहित चालक पक्राउ नेपाल आयल निगमको थानकोट डिपोबाट रावादोलु सडक निर्माण समिति ओखलढुङ्गाका लागि १२ हजार लिटर डिजेल अवैध रुपमा लैजान लागेको ट्याङ्करसहित कागेश्वरी नगरपालिका, काँडाघारीबाट चालकलाई आज प्रहरीले पक्राउ गरेको छ । ना ख ७३९१ नंको ट्याङ्करबाट तीन हजार लिटर डिजेल ड्रममा भर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप