८२ जनाको शव फेला नपरेको ठाउँमा आज एकको मानव कङ्काल फेला
मङ्गलबार, १६ चैत २०७२, १६ : १९
रसुवा– गत वैशाख १२ को भूकम्पपछि लाङ्टाङ क्षेत्रमा पहिरोले पुरिएर हराएकामध्ये आज एक जनाको कङ्काल फेला गरेको छ ।
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार लाङ्टाङ खोला किनारमा मानवको कङ्काल र हरियो कालो रङको जुत्ता फेला परेको हो ।
सो कङ्कालको नमूना डिएनए परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
यहाँ हराएकामध्ये अझै ८२ जनाको शव फेला नपरेको प्रहरीले बताएको छ ।
भूकम्पसँगै समुद्री सतहबाट छ हजार ५०० मिटरको उचाइ लाङ्टाङ लिरुङ हिमालमा आधार शिविर राखिएको ठाउँको ताल फुट्दा झरेको पहिरोले लाङ्टाङ गाउँ नै पुरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण