शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आपराधिक गिरोहले लुटपातमा युवतीको प्रयोग भएको खुलासा

मङ्गलबार, १६ चैत २०७२, १७ : ३३
मङ्गलबार, १६ चैत २०७२

म्याग्दी – १५ दिन अघि बेनीको एक होटलमा भएको लुटपातको घटनामा आपराधीक गिरोहले युवतीको प्रयोग गरेको खुलासा भएको छ ।

खाजा खान होटलमा बोलाएर बेनीका एक ब्यवसायीलाई लुटपात गर्ने युवती पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पोखराबाट सोमबार पक्राउ परेकी अन्दाजी २० वर्षीया देवीका पुनले प्रहरी समक्ष आफूलाई लुटपात गर्न अरु दुई जना युवाले परिचालन गरेको बताएकी हुन् । चैत १ गते साँझ बेनीको पुन होटलमा हाडेभिर स्थीत कृषकको कृषि औजार कारखानाका सञ्चालक कुलदिप जुक्जालीलाई खाजा खान बोलाएकी ति युवतीले लठ्याउने पदार्थ खुवाएर जुक्जालीको साथमा रहेको नौ तोला सुनका गहना, मोवाईल र पैसा लुटेकी थिईन् । खाजासंगै मगाइएको वाईनमा लठ्याउने पदार्थ खुवाएर लुटपात गरि रातीनै होटलको झ्यालबाट फरालेर भाग्ने क्रममा ति युवतीको दुई वटै खुट्टा भाँचीएको छ । उक्त घटनामा लुटपात गर्न युवतीको प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुङले बताए ।

पोखरा ६ घर भएकी ति युवतीलाई अस्पतालमा उपचार गराइरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकी पुनको बयानका आधारमा प्रहरीले संलग्न अरु व्यक्तिहरुको पनि खोजीलाई तिब्र बनाएको छ ।

युवतीलाई मंगलबार जिल्ला अदालतमा हाँजीर गराई अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । उनि विरुद्ध साधारण चोरीको मुद्दा दर्ता भएको जिल्ला अदालतका श्रेष्तेदार गोकर्णराज पन्तले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप