शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राज्यको कारण अखण्डतामा असर

मङ्गलबार, १६ चैत २०७२, १७ : ३७
मङ्गलबार, १६ चैत २०७२

काठमाडौं – राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मुलुकलाई व्यवस्थापन गर्ने पक्षमा राज्य इमान्दार नभएको कारण अखण्डतामा असर गरेको बताएका छन् ।

आजदेखि पार्टीको केन्द्रीय समिति बैठकको शुरुवात गर्दै उनले आन्तरिक समस्यालाई सम्बोधन गर्नुको सट्टा राज्यले दमनको नीति अख्तियार गरेर मुलुकको अखण्डतामा नै असर पारेको आरोप लगाए ।

उनले भने ‘शासकहरुले मुलुकलाई मानसिक रुपमा विभाजित गरेर खोक्रो राष्ट्रवादको आडमा टिक्न खोजेको छ ।’ मधेश आन्दोलन जुन उद्देश्यका साथ सुरु भएको थियो त्यसबाट एक इन्च पनि विचलित नभएको दाबी गर्दै उनले मधेश आन्दोलनले उठाएको मागहरु मधेशीको अधिकारका लागि मात्र नभई उत्पीडनमा पारिएका लागि भएको बताए । यो मुलुक सबैको साझा मुलुक हुनुपर्ने बताउदै उनले मधेशमा उठेको आन्दोलनले समग्र मुलुकको राष्ट्रिय एकता र राष्ट्रिय बलियो बनाएको दावी गरे ।

 मधेश आन्दोलन सफल नहुनुका कारण संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समीक्षा गर्ने बेला भएको उनको धारणा राख्दै उनले  बैशाखदेखि हिमाल, पहाड र मधेशबाट एकैसाथ राष्ट्रिय आन्दोलन हुनेले चेतावनी दिए ।

आजबाट शुरू भएको कार्यसमितिको बैठकमा विभिन्न जिल्लाका प्रतिनिधि तथा केन्द्रीय पदाधिकारीहरुले भावी आन्दोलनको स्वरुप र पार्टीको आगामी रणनीतिबारे बहस हुनेछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप