१९ चैतदेखि चौथो बृहत् पुस्तक प्रदर्शनी
मङ्गलबार, १६ चैत २०७२, १७ : ४२
काठमाडौ –केही समय यताबाट बढ्दो लोडसेडिङ एबम् नाकाबन्दीले अवाक भएका पाठकहरुका लागि बजारमा आएका नयाँ पुराना साहित्य कृतिहरु पु¥याउने उदेश्य सहित डिकुरा पब्लिकेशनले यही चैत १९ गतेदेखि बैशाख ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘चौथो बृहत् पुस्तक प्रदर्शनी –२०७२÷७३’ आयोजना गर्ने भएको छ ।
‘पढौं र पुस्तक संस्कृतिको विकाश गरौं’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको सो प्रदर्शनीको भब्य उद्घाटन १९ चैत्रमा हुनेछ ।
१९ दिनसम्म चल्ने यो प्रदर्शनीमा १ लाख २५ हजार अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजक संस्थाको रहेको छ । प्रदर्शनीमा एक सयभन्दा बढी प्रकाशकहरुका दशौं हजार पुस्तकहरु रहने छन् । प्रदर्शनीमा नेपालीका साथै अंग्रेजी तथा हिन्दी भाषाका नयाँ र सँकलन योग्य क्लासिकल पुस्तकहरु समेत रहने छन् । प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटमा पुस्तकहरु उपलब्ध गराइने छन् । प्रत्येक दिन लेखक साक्षात्कार कार्यक्रम समेत गरिने छ । यस्तै प्रदर्शनीमा लेखक, साहित्यकार, कलाकार, राजनीतिकर्मी, राजदूत, बैंकर, प्रशासक, शिक्षाविद्, समाजसेवी, आमसञ्चारकर्मी, आध्यात्मिक व्यक्तित्व र विविध पेशाकर्मीहरुको विशेष उपस्थिति गराइने छ ।
विभिन्न साहित्यिक संघ संस्थाहरु, पुस्तक प्रकाशन संस्थाहरु, पुस्तक प्रेमी पाठकहरु तथा नयाँ र पुराना पुस्ताका लेखकहरुलाई एउटै थलोमा जम्मा गराउनु प्रदर्शनीको उदेश्य हो ।
पुस्तक प्रदर्शनी सँयोजक एवँ साहित्यकार पुण्यप्रसाद प्रसाईका अनुसार यो प्रदर्शनीमा पाठकको रुचिलाई ध्यानमा राख्दै विभिन्न उमेर समुहका पाठकका रुचिका पुस्तकहरु पनि पाइने छन् । निजि तथा सामुदायीक पुस्तकालयका निम्ति एकमुष्ट पुस्तक किन्नेहरुका लागि सबै प्रकारका पुस्तक एकै थलोमा पाइने र बिशेष छुटको व्यबस्था गरिने सँयोजक प्रसाईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण