राप्रपा नेपाल फुटको संघारमा, सरकारबाट फिर्ता हुन माग
काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपाल विभाजनको संघारमा पुगेको छ । पार्टीका सहअध्यष केशर बहादुर विष्टले पार्टी र पार्टी नेतृत्वको पछिल्लो कार्यदिशा र शैलीप्रति असन्तुष्टि जनाउँदै मंगलबार साँझ पार्टी विभाजन हुने संकेत गरेका छन् । विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई संस्थागत परिपार्टीमा चलाउन व्यक्तिको असीमित आडम्बर र मनपरिवाट जोगाउनु, पार्टीका नेता, कार्यकर्तालाई दास दलालको पहिचानवाट स्वाभिमानी, अनुशासित, भिन्न विचारलाई कदर गर्ने, प्रजातान्त्रिक चरित्रको वनाई राष्ट्रिय बैकल्पिक प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गरी हाम्रा मान्यता धार्मिक स्वतन्त्रता सहितको हिन्दु अधिराज्य, राजाको संरक्षकत्वमा हक अधिकारको स्थानिय तहसम्मै अधिकारको प्रत्यायोजन भएको शासन प्रणाली मात्रै देशको स्वाभीमान सुहाउँदो, पुर्खाले दिएको अभिभाज्य, सवल सक्षम नेपालको व्यवस्था हुन सक्छ भन्ने मान्यता वोकेका र यस मान्यताको प्राप्तिका लागि संघर्ष गरी रहेका तमाम समान विचार भएका व्यक्ति, संघसंस्था, दलहरु एक भएर एकिकृत राप्रपा वनाउनु पर्ने आजको आवश्यकता हो ।’ विष्टले विज्ञप्ति मार्फत कुनै पनि नाम र बाहनामा संविधानको समर्थन गर्न नहुने बताउँदै सरकारबाट राप्रपा नेपाल फिर्ता हुनुपर्ने माग समेत गरेका छन् । ‘राप्रपा नेपालको आदर्श र हामीले पाएको जनादेशको सम्मान गर्न हामीले यो संविधानको कुनै नाम र वहानामा समर्थन गर्ने, सपथ लिने र लागु गर्ने कार्य हुनु हुँदैन । संविधान जारी भए पछि अझ जातीय, क्षेत्रिय, धार्मिक लगायतका क्षेत्रमा देशको जनमानस दुर्दान्त तवरले विभाजित भएको विष्टको आरोप छ । उनले आज देश धर्म परिवर्तनको दुर्दान्त पिडामा फसेको बताएका छन् । ‘सार्वभौम सत्ता जनतामा नीहित सिद्धान्तको मान्यतालाई राप्रपा नेपालले मौलिक कुरा र सिद्धान्तलाई जनमत संग्रहमा लैजाने प्रयत्न पनि स्वीकार नभएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतयव वलियो पार्टी वनाउन संविधान प्रदत्त अधिकारहरुको प्रयोग गर्ने हो भने सवै राप्रपा एकिकृत हुनु वाहेक अर्को विकल्प हुन सक्दैन साथसाथै तुरुन्त राप्रपा नेपालले असान्दर्भिक सरकारमा वसाई गरिरहनु उपयुक्त छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण