शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गैँडाको आक्रमणबाट एकको मृत्यु

मङ्गलबार, १६ चैत २०७२, १९ : १२
मङ्गलबार, १६ चैत २०७२

चितवन - पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैँडाको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाँस काट्न सामुदायिक वन पुगेका रत्ननगर नगरपालिका वडा नं ९ निवासी अन्दाजी ५३ वर्षीय मानबहादुर गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । आज बिहान ८ बजे घाँस काट्न सामुदायिक वनमा छिरेका गुरुङको गैँडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, सरकारी वन र सामुदायिक वनभित्र र बाहिर निस्किएर गैँडाले बर्सेनि स्थानीयवासीको ज्यान लिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप