चितवनको पहिलो पूर्ण खोप नगरपालिका ‘माडी’
माडी–माडी नगरपालिका चितवनकै पहिलो पूर्णखोप यूक्त नगरपालिका घोषणा भएको छ । चितवन क्षेत्र नम्बर ५ का सांसद विक्रम पाण्डेले पूर्ण खोप नगरपालिकाको प्रमाण पत्र माडी नगरपालिकाका प्रमुख रामकाजी श्रेष्ठलाई हस्तान्तरण गरे ।
१२ देखि २३ महिना सम्मका ५ सय ९८ जना बालबालिकाहरुले १ वर्षभित्रै सरकारले दिने भनिएका खोपहरु लिइएको पाइएपछि पूर्ण खोप नगरपालिका घोषणा भएको हो । बीसीजी, दादुरा र रुबेला लगायतका खोपहरु लिइएको पाइएपछि माडीलाई पूर्ण खोपयूक्त नगर घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव मधुसुदन कोइरालाले जानकारि दिए ।
अध्योध्यापुरीमा १ सय १७, कल्याणपुरमा १ सय ६, बघौडामा १ सय ५२, गर्दीमा १ सय ५८ ले खोप लिएको पछिल्लो तथ्याङक छ । बघौडा अस्पतालकी मेडीकल अफिसर डा. सुजन भुषालले स्वास्थ्य चौकी तथा अस्पतालहरुमा प्रत्येक महिनाको पहिलो हप्ता पुगेर खोप लगाउन सकिने व्यवस्था रहेको बताइन् । सरकारले नजिकका स्वास्थ्य संस्थामा लगेर खोप लगाउने अभियानलाई निरन्तरता दिदै आइरहेको छ । कार्यक्रममा बोल्दै सांसद विक्रम पाण्डेले माडीको स्वास्थ्य सेवा सुधार उन्मुख हुदै गएको बताए ।
उनले माडीमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा अध्योध्यापुरी स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि जग्गा सहयोग गर्नेलाई सम्मानीत गरिएको थियो । श्रीप्रसाद दवाडी र सुधा दवाडीले संयुक्त रुपमा ३ कट्टठा, होम बहादुर गायक र शुशिल घर्तीले एक एक कट्टटा जग्गा स्वास्थ्य चौकीलाई सहयोग गरेका थिए । उनीहरु सबैलाई सांसद पाण्डेले सम्मानीत गरे । कार्यक्रममा सांसद धनिराम पौडेल, स्थानीय विकास अधिकारी श्रवणकुमार पो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण