शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जिल्लामा पहिलोपटक एकैसाथ तीन महिला केन्द्र्राध्यक्ष नियुक्त

मङ्गलबार, १६ चैत २०७२, १९ : ३३
मङ्गलबार, १६ चैत २०७२

गौशाला - महोत्तरी जिल्लामा पहिलोपटक यसपालिको प्र्रवेशिका परीक्षाका लागि तीनजना महिला केन्द्र्राध्यक्ष तोकिएका छन् ।

जिल्ला शिक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाको देउराली मावि बर्दिवास, उमावि खखना लोटना र रतौली उमाविमा गरी तीन परीक्षा केन्द्र्रमा यसपालि महिला केन्द्र्राध्यक्षहरु नियुक्त गरिएका छन् ।

जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार देउराली मावि बर्दिवासमा रमा ढकाल, उमावि खखना लोटनामा शान्तिकुमारी अधिकारी र रतौली उमाविमा कविताकुमारी महतोलाई केन्द्राध्यक्ष नियुक्त गरिएको हो ।

महोत्तरीमा यसअघि कहिल्यै पनि महिला केन्द्राध्यक्ष नियुक्त गरिएको थिएन ।

महोत्तरीको विभिन्न २८ वटा केन्द्रबाट यसपालि नियमिततर्फ सात हजार ५७५ र आंशिकतर्फ चार हजार ७४२ गरी कुल १२ हजार ३१७ जना विद्यार्थी परीक्षामा सामेल भइरहेका छन् ।

जिल्ला शिक्षा कार्यालय महोत्तरीले जिल्लाका २८ परीक्षा केन्द्रका लागि तीन महिलासहित २८ जना केन्द्राध्यक्ष, ५३ जना सहायक केन्द्राध्यक्ष, ५०५ जना निरीक्षक र हरेक ५० विद्यार्थीका लागि एक परिचर तोकिएका छन् । गस्ती टोली र अनुगमन टोलीबाहेक सबै केन्द्र मिलाएर २५० प्रहरीसमेत सुरक्षाका लागि खटाइने जिशिअ दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप