तराई मधेसलाई समृद्व बनाउन विशेष कार्यक्रम
सप्तरी – सिंचाईमन्त्री उमेशकुमार यादवले तराई मधेसलाई समृद्ध बनाउनका लागि सिंचाईमा विशेष कार्यक्रम ल्याएको र त्यसलाई सफल पार्न सबैको सहयोग चाहिएको बताए ।
नवलपरासी र रुपन्देहीसहित मधेसका आठ जिल्लालाई केन्द्र बनाएर सो कार्यक्रम ल्याएको बताउँदै उनले त्यसका लागि अर्थ मन्त्रालयले बजेट शीर्षक पनि छुट्याई दिएको बताए । उनले भने, ‘यो कार्यक्रम सुरुवात भइसकेको छ । सोही कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा दुई पोखरी अनिवार्य, पूर्ण सिंचित नमूना गाउँ घोषणा गर्नेलगायत कार्यक्रम सुरु भइसकेको छ ।’
क्रान्तकारी पत्रकार संघ सप्तरीले मंगलबार आयोजना गरेको ‘सप्तरी सिंचाई समस्या र समधान’ विषयक विचार विमर्श कार्यक्रममा बोल्दै उनले सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लामा पूर्ण सिंचित कार्यक्रम घोषणा भएको जानकारी गराए । समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रमका लागि जनकपुरमा कार्यालय खोल्न लागेको बताउँदै उनले किसानका लागि पूर्ण सिँचाईको व्यवस्था नभएम्म देश समृद्ध बन्न नसकिने बताए ।
देशलाई समृद्ध बनाउने स्रोत भनेको कृषि हो र कृषिका लागि सिँचाई अनिवार्य भएको बताउँदै मन्त्री यादवले कृषि मन्त्रालयले २७ बुँदे प्रतिबद्धतापत्र जारी गरेको छ, त्यसलाई सफल पार्नका लागि पनि सिँचाई आवश्यक रहेको बताए ।
तराई मधेश वर्षेपिच्छे बाढीबाट आक्रान्त हुन्छ, त्यसलाई नियन्त्रण गर्नका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउँदै उनले सदरमुकाम बचाउ अभियान सञ्चालन गरेको बताए । सप्तरी, सिरहा, धनुषा, महोत्तरीका सदरमुकाम बचाउ अभियान अन्तर्गत नदी नियन्त्रणका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको पनि उनले बताए । उनले सप्तरीका खरग तथा महुली नदी नियन्त्रणका लागि चार करोड पनि छुट्याइएको बताए ।
नेपालमै सबभन्दा पहिले सप्तरीबाट सिँचाई शुरु भएको हो तर अहिले आएर त्यसको यस्तो अवस्था भएको छ कि सोच्न बाध्य बनाएको छ, उनले भने, सप्तरीलाई विभिन्न कोणबाट हेपेको छ । अब सप्तरीवासी मिलेर सप्तरीलाई नमूना बनाउनुपर्छ ।’ चत्रा व्यारेज निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सो व्यारेज बनाउनका लागि कुनै कानुन उल्झन नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण