शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पहिलो दक्षिण एसियाली महिला बास्केटबल सुरु (फोटोफिचर)

मङ्गलबार, १६ चैत २०७२, १९ : ५०
मङ्गलबार, १६ चैत २०७२

काठमाडौँ - पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आजदेखि सुरु भएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको माध्यमले दक्षिण एसियाली राष्ट्रहरुको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास गरे ।

विश्व बास्केटबल सङ्घका अध्यक्ष अहमद हाफिजले दक्षिण एसियास्तरमै पहिलोपटक भएको प्रतियोगिताको आयोजनाको अवसर नेपालले पाउनु ऐतिहासिक भएको बताए।

प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १०६–३७ को फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपाल बास्केटबल सङ्घको आयोजनामा यही चैत २० सम्म हुने प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रका टोलीले भाग लिएका छन् । जसमा नेपालसहित बङ्गलादेश, भुटान, श्रीलङ्का र माल्दिभ्सले भाग लिनेछन् भने आन्तरिक कारण देखाउँदै दुई राष्ट्र भारत र पाकिस्तानले भाग नलिएको बताइएको छ । प्रतियोगिताअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच खेल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप