सागर विरहीको के देखेर होला एल्बम बजारमा (हेर्नुस भिडियो)
काठमाडौं – नेपाली गीत संगीतको क्षेत्रमा ६ सयभन्दा बढी गीतहरुमा संगीत भरिसकेका पुराना एवं प्रतिभाशाली कलाकार सागर विरहीको स्वरमा एक गीत बजारमा आएको छ । संगीतकार तथा गायक सागर बिरही र मुस्कान घिमिरेको स्वरमा रहेको लोकदोहोरी गीत के देखेर होला बजारमा आएको हो ।
मायाप्रेमको बिषयलाई उठाइएको यस गीतमा लय शब्द र एरेन्ज पनि सागर बिरहीकै रहेको छ । गीतको भिडियो पनि रमाइलो बनेको देख्न सकिन्छ । भिडियोमा बब्बु थापा र रस्मी तामाङको अभिनय रहेको छ । साथमा दुर्गा र मुस्कानले अभिनयमा साथ दिएका छन् ।
रातोपाटीसँग गायक तथा संगीतकार सागर बिरहीले गरेको कुराकानीमा नेपाली गीतसंगीतका क्षेत्रमा नेपाली दर्शक तथा स्रोताले चाहेको गीत बजारमा ल्याएको बताए । ‘पछिल्लो समय युट्युब केन्द्रित भिडियोभन्दा पनि दर्शक तथा स्रोताले साँच्चै नै कस्तो प्रकारको गीत मन पराउँछन् त्यसलाई सर्जकले बुझ्नु जरुरी हुन्छ । यो गीतलाई मेरा प्रिय स्रोता तथा दर्शकले मन पराउनुहुनेछ म बिश्वस्त छु’, सागरले भने । गीतलाई संगम डिजिटलले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण