नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा सार्वजनिक खरिद ऐन विपरित काम भएको भन्दै अख्तियारमा उजुरी
काठमाडौं–गत चैत ४ गते रातोपाटीले ’नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा भ्रष्टाचारको शंका ! सार्वजनिक खरिद ऐनविपरीत काम’ शीर्षकको समाचार प्रकाशन गरेपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा खरिद ऐन विपरित काम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मिति २०७२ साल चैत १६ गते दर्ता नम्बर २११७८ मा उक्त उजुरी दर्ता भएको हो । विद्यार्थीलाई दिइने सुचना प्रविधिको तालिमलाई लिएर आइक्यान अध्यक्ष प्रकाश लम्सालको ठाडो निर्देशनमा सार्वजनिक खरिद ऐन विपरित काम भएको भन्दै अख्तियारमा उजुरी परेको बताइएको छ ।
भएको के हो ? नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन गर्ने विद्यार्थीले सूचना प्रविधि तालिम लिनुपर्ने व्यवस्था छ । सिएको दोस्रो तह र तेस्रो तहमा यस्तो व्यवस्था छ । केहि समय अघि सिएको तेस्रो तहका विद्यार्थीहरुले लिनुपर्ने ४० घन्टे सुचना प्रविधि तालिमलाई लिएर सार्वजनिक खरिद ऐन विपरित काम भएको हो । संस्थाले केही समयअगाडि सूचना प्रविधि तालिम सञ्चालन गर्नका लागि भन्दै विभिन्न संस्थाबाट सिलबन्दी दर्खास्त आह्वान गरेकोमा प्राइम मल्टिपल एजुकेसन फाउन्डेसन नामक संस्थाले सबैभन्दा कम दरभाउ आइक्यानमा पेस गरेको र सोहि दरभाउ बमोजिम उक्त संस्थालाई नै उक्त कामको जिम्मा दिइएको भन्दै गत फागुन २३ गतेदेखि तालिम सञ्चालन गर्न तयार गर्न संस्थाबाट मौखिक जानकारी आएको भएपनि अन्तमा विद्यार्थी अन्य एक संस्थामा पठाएको थियो ।
आइक्यानभित्रै आरोप प्रत्यारोप यस विषयलाई लिएर आइक्यानभित्रै पनि आरोप प्रत्यारोप सुरु भएको छ । सार्वजनिक खरिद ऐन विपरित कार्य सम्पन्न भइसकेको अवस्थामा आइक्यानका अध्यक्ष, वा कार्यकारी निर्देशक एक जना यस प्रकरणमा फस्ने भएपछि संस्था भित्रै एक अर्कालाई आरोप प्रत्यारोप सुरु भएको हो । आइक्यान स्रोतका अनुसार आइक्यान नियम विपरित विद्यार्थीलाई अन्यत्रै संस्थामा पथाउन संस्थाको सुचना प्रविधि विभागलाई पठाएको पत्रमा कार्यकारी निर्देशकको हस्ताक्षर भएकाले आइक्यानका अध्यक्ष यस प्रकरणमा संस्थाका कार्यकारी निर्देशक बिनय प्रकाश श्रेष्ठलाइ फसाउने दाउमा छन् । यता बिनय प्रकाश श्रेष्ठ पनि आफू बच्नका लागि पहल गरिरहेको आइक्यान स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण