रोक्का सम्पत्ति फिर्ता गर्न जिउँदै श्रीमान्को मृत्युदर्ता
भरतपुर – चैतको पहिलो साता जिल्ला अदालत चितवनमा न्यायाशीशहरु सेवाग्राहीका गुनासा टिपोट गर्दै थिए । गुनासा सुनाउँदै एक महिलाले भनिन्, ‘ठगी मुद्धामा परेका मेरा श्रीमान्को भूकम्पमा परी ज्यान गयो, जरिवाना मिनाहा र रोक्का भएको जग्गा फुकुवा गरी पाऊ ।” चाँडो न्याय दिन बिन्ति गर्दै गरेही महिलालाई जिल्ला न्यायाशीश टेकनारायण कुँवरले भने, “यो विषयमा बुझेर निर्णय गरौंला ।” अदालती फैसलामा चतुर मानिएका कुँवरले निवेदन परेलगत्तै अध्ययन थालिसकेका थिए । ती महिलाले आफ्नो जिउँदो श्रीमान्को फागुन ९ गते खैरहनी नगरपालिकाको कार्यालयमा मृत्यु दर्ता गराएकी थिइन् । भूकम्पमा परी ज्यान गएको प्रमाणित कागजात र मृत्यु दर्ता गरेका कागजात नियालेपछि उनले खैरहनी नगरपालिकाका कार्यकारी अधिकृतमार्फत वडा सचिवलाई कागजातमा केही शंका गर्ने ठाउँ रहेको भन्दै बुझिसकेका थिए । तर, महिलाले चाँडै न्याय खोजेपछि उनलाई झन सहज भयो । गुनासा व्यक्त गर्नेमध्येकी ती महिला तत्कालीन कुमरोज–८ की शान्ति ढुंगाना हुन् । उनी चाँडो आफ्नो पक्षमा फैसला भएमा श्रीमान्को २ वर्ष कैद नहुने, रोक्का भएको जग्गा पनि पनि फुकुवा हुने आशा बुन्दै थिइन् । उनका श्रीमान् विष्णुप्रसाद ढुंगाना ठगी मुद्दामा दोषी ठहरीएपछि २०६५ देखि फरार थिए । तत्कालीन कुमरोज–८, महालक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक हुँदा ठगी आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । सहकारीले २०६३ चैत १९ गते मुद्दा दायर गरेको थियो । २०६५ जेठ २० गते उनलाई ९ लाख २६ हजार १सय ९५ रुपैयाँ ७३ पैसा जरिवाना र सोही बराबरको बिगो सहकारीलाई तिर्नुपर्ने फैसला भयो । सँगै दुई वर्ष कैद हुने न्यायाधीश हरिकुमार पोखरेलको इजलासले फैसला गरिदियो । जिल्ला अदालत चितवनका तहसिल शाखा अधिकृत धनिराम चपाईंले मृत्यु दर्ता कागजातमा त्रुटि भेटिएपछि फरार व्यक्तिबारे खोज्न सहज भएको बताए । जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई घटनाबारे जानकारी गराएको थियो । फरार भएका विष्णु काठमाडौंमा लुक्दै आइरहेका थिए । उनी ७ वर्षयता फरार सूतीमा थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले विशेष अभियानअन्तर्गत दुवै जनालाई काठमाडौं बसुन्धराबाट पक्राउ गरिएको बताए । “फरार विष्णुलाई २ वर्ष जेल जलान गरिएको छ भने शान्तिलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ”, उनले भने, “शान्तिलाई सरकारी छाप दस्तखत किर्ते आरोपमा मुद्दा चलाउने तयारी छ ।” फौजदारी मुद्दाका व्यक्तिको मृत्यु भएमा अपराध पनि मर्ने सिद्धान्त रहेको हुन्छ । बैशाख १२ गते आएको भूकम्पमा काठमाडौंको सुन्धारास्थित धरहरामा परी मृत्यु भएको भन्ने झुटो व्यहोरा बनाई महराजगञ्जस्थित शिक्षण अस्पतालबाट एउटा शवसमेत लिएको सनाखत गर्दै उनकी श्रीमतीले मृत्युको कागजात हात पारेकी थिइन् । विष्णुप्रसादलाई जिल्ला अदालतले कारागार कार्यालय भरतपुरमा जेल जलान गरेको छ । शान्तिलाई झुटो विवरण पेश गरी मृत्यु दर्ता गरी सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा अनुसन्धनाका लागि जिल्ला अदालतबाट म्यादथप गरी हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण