शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सञ्चार माध्यमलाई जिम्मेवार र व्यावसायिक बनाइने : सञ्चारमन्त्री

शनिबार, २० चैत २०७२, १३ : ३२
शनिबार, २० चैत २०७२

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।

ग्रीन कान्तिपुर एक्सप्रेसले प्रकाशनमा ल्याएको ‘ग्रीन कान्तिपुर एक्सप्रेस’ मासिक पत्रिका र सो नेटवर्कद्वारा सञ्चालित अनलाइनको आज यहाँ शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले सञ्चार माध्यमलाई जिम्मेवार, जवाफदेही, विश्वसनीय र व्यावसायिक बनाउनका लागि सरकारले काम अगाडि बढाइरहेको उल्लेख गरे । उनले संविधानको कार्यान्वयनसँगै मुुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्छ भने। सो अवसरमा सञ्चारमन्त्रीले ‘यो मन मुटु’ नामक आधुनिक गीति एल्बमको विमोचन गरे । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले मुलुकमा संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयन र राजनीतिक स्थिरतासँगै देश निर्माणमा लाग्नुपर्ने बताए । ग्रीन कान्तिपुर एक्सप्रेसका संरक्षक रूद्रप्रसाद मुडभरीले दुरदराजमा बसेर जीवन सङ्घर्ष गर्नेहरूको प्रतिभालाई खोजेर अनलाइनले प्रचारप्रसार गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप